नेपालका कान्छा अभियन्ता केपी खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित
काठमाडौं। नेपालका कान्छा अभियन्ताका रूपमा चिनिएका केपी खनाल भारतमा 'युथ आइकन' अवार्डबाट सम्मानित भएका छन्। महात्मा गान्धीको १५१ औं जयन्तीको अवसरमा भारतको दिल्लीमा आयोजित एक कार्यक्रमकाबीच उक्त अवार्डबाट सम्मानित गरिएको हो। दिल्लीमा आज राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो।
गान्धीको जन्मजयन्तीका लागि उनलाई आमन्त्रण गरिएको थियो । उनी विभिन्न जिल्लामा सरसफाइ अभियान चलाउनेदेखि बाजुरामा अनाथ आश्रम निर्माण गर्नुका साथै विभिन्न सामाजिक कार्यमा जुट्दै आएका छन्। कोरोना महामारीका कारण समस्यामा परेकालाई उनी हेल्प रिडी अभियानमार्फत घरघरमा गएर खाद्यान्न, लत्ताकपडा वितरण गर्दै आएका छन् । सम्मान ग्रहण गर्दै केपीले समाजसेवा गरिरहँदा मानवता हेरेको बताएका छन्। कुनै देश वा क्षेत्रभन्दा पनि आफूले मानवीयता हेरेको प्रतिक्रिया दिए। यसरी अन्तर्राष्ट्रियस्तरमै सम्म्मानित हुँदा थप हौसला मिलेको उनको भनाइ छ। उनले ‘क्लिन काष्ठमण्डप’, ‘हेल्प फर निडी अभियान’ लगातयका अभियानको नेतृत्व गर्दै आएका छन्।
भारतमा कोरोना संक्रमित बढ्दै, केरला राज्यमा मात्र ४३० सक्रिय संक्रमित, संक्रमितको संख्या १,०८१
छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र
सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला
आजदेखि सुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार
काठमाडौँ, १६ साउन (रासस): विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा






प्रतिकृया दिनुहोस