सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो ।
१३ पुसमा अदालतले उनलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो। अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो। सोहीबमोजिम अदालतले उनलाई आठ वर्ष कैद सजाय तोकेको हो। १६ महिनाअघि आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनलाई कसुरदार ठहर गरेको हो ।
पीडितको बकपत्र तथा कसुर भएका दिनको क्रियाकलापको घटनाक्रमका आधारमा पीडितलाई प्रभावमा पारेर लामिछानेले बलात्कार गरेको फैसला अदालतले गरेको हो । उनलाई न्यूनतम सात वर्ष र बढीमा १० वर्ष कैद सजाय हुनेछ ।
भारतमा कोरोना संक्रमित बढ्दै, केरला राज्यमा मात्र ४३० सक्रिय संक्रमित, संक्रमितको संख्या १,०८१
छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र
नेपालका कान्छा अभियन्ता केपी खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित
काठमाडौं। नेपालका कान्छा अभियन्ताका रूपमा चिनिएका केपी खनाल भारतमा 'युथ आइकन' अवार्डबाट सम्मानित भएका छन्। महात्मा गान्धीको १५१ औं जयन्तीको
आजदेखि सुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार
काठमाडौँ, १६ साउन (रासस): विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा






प्रतिकृया दिनुहोस