• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

आजदेखि सुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार

काठमाडौँ, १६ साउन (रासस): विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो । नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ । युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित बढ्दै, केरला राज्यमा मात्र ४३० सक्रिय संक्रमित, संक्रमितको संख्या १,०८१

छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला

नेपालका कान्छा अभियन्ता केपी खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित

काठमाडौं। नेपालका कान्छा अभियन्ताका रूपमा चिनिएका केपी खनाल भारतमा 'युथ आइकन' अवार्डबाट सम्मानित भएका छन्। महात्मा गान्धीको १५१ औं जयन्तीको

↑