युगको उभार कि शासनको उत्तरदायित्व ? निर्णायक मोडमा नेपालको नेतृत्व बहस
विरेन्द्र बाग, कञ्चनपुर, नेपालको राजनीतिमा अहिले देखिएको दृश्य केवल दल–दलबीचको प्रतिस्पर्धा होइन, यो पुस्ताबीचको टकराव, शैलीबीचको संघर्ष र भविष्यप्रतिको दृष्टिकोणबीचको गहिरो द्वन्द्व हो। सरकार फेरिन्छ, समीकरण फेरिन्छ, तर शासन संस्कार फेरिँदैन भन्ने जनधारणा अझै जीवित छ। परिवर्तनको स्वाद चाखेका नागरिकले स्थायित्वको भरोसा खोजिरहेका छन्। यही मोडमा उभिएर मुलुकले प्रश्न सोधिरहेको छ। देशलाई स्थिर, परिपक्क र दीर्घकालीन दिशा दिने नेतृत्व को हो?
आक्रोश, आकर्षण र परिपक्वताको परीक्षा
बालेन शाह ले स्थानीय तहमा देखाएको हस्तक्षेपकारी शैलीले एक पुस्ताको निराशालाई स्वर दियो। मञ्चका भाषणदेखि एजेन्डासम्म सुन्दा उनीमा आत्मविश्वास र स्पष्टता देखिन्छ। सुरुवाती उभारमा देखिएको ‘क्रेज’ ले परम्परागत राजनीतिक ढाँचालाई चुनौती दियो। तर राष्ट्रिय राजनीति केवल उभार र उत्साहको कथा होइन; त्यो सहमति, संयम र दीर्घकालीन दृष्टिकोणको कठोर अभ्यास हो। अहिले देखिएको हुलको मनोविज्ञान जति छिटो उठ्छ, उति नै छिटो ओर्लिन पनि सक्छ।
लोकप्रियताको ग्राफ चढ्नु ओर्लिनु स्वाभाविक हो, तर नेतृत्वको मापन भने समय, परिणाम र संस्थागत प्रभावले गर्छ। आक्रोशले भीड बनाउँछ, परिपक्वताले राज्य बनाउँछ।
विकल्पको खोजी र संस्थागत दायित्व
परम्परागत दलप्रतिको वितृष्णाबाट जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी ले वैकल्पिक राजनीतिको बहसलाई मुख्यधारामा ल्यायो। यसको अनुहार बनेका रवि लामिछाने ले जनमत निर्माणमा असाधारण प्रभाव देखाए। मुद्दा उठाउने तीक्ष्णता र भाषिक धारले उनीलाई फरक बनायो। तर विकल्प टिकाउ हुन संस्थागत आधार अपरिहार्य हुन्छ। विचारधारा, आन्तरिक लोकतन्त्र, नीति निरन्तरता र संगठनात्मक अनुशासन , व्यक्तिकेन्द्रित उभारले चुनावी सफलता दिलाउन सक्छ, तर राज्य सञ्चालनका लागि संरचना र संस्कार चाहिन्छ। विकल्प यदि दिगो हुन चाहन्छ भने भावनात्मक लहरभन्दा माथि उठेर नीति–संस्थाको जग बलियो बनाउनै पर्छ।
अनुभवको विरासत र आत्मसमीक्षाको खाँचो
दशकौँदेखि सत्ताको केन्द्रमा रहेका शेर बहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओली जस्ता नेतृत्वले अनुभवको पूँजी बोकेका छन्। विशेषतः ओलीले राष्ट्रवाद र दृढ निर्णयशैलीमार्फत आफूलाई अलग देखाउने प्रयास गरे। तर स्थायित्व किन टिकेन? विकासको गति किन निरन्तर हुन सकेन? अनुभव तब मात्र सार्थक हुन्छ जब त्यसले आत्मसमीक्षा र सुधारको बाटो खोल्छ। अन्यथा, त्यो पूँजी नै बोझमा बदलिन्छ।
परिवर्तनको संकेत: नयाँ नेतृत्वको दाबी
हालैको आन्तरिक प्रक्रियाबाट नेपाली कांग्रेस भित्र नेतृत्व परिवर्तनको संकेत बलियो भएको छ। विद्यार्थी राजनीतिबाट सडक संघर्ष हुँदै राष्ट्रिय राजनीतिमा उदाएका गगन कुमार थापा अहिलेको पुस्तामा ऊर्जा, वैचारिक स्पष्टता र सुधारवादी आवाजको प्रतीकका रूपमा उभिएका छन्। संसदमा नीतिगत बहस, स्वास्थ्य–शिक्षा जस्ता क्षेत्रमा स्पष्ट एजेन्डा, र पार्टीभित्र संरचनागत सुधारको आग्रह यी सबैले उनलाई फरक बनाएको छ। धेरैका लागि यो “गगनको युग” को आरम्भजस्तो देखिन्छ। तर युग घोषणा भाषणले होइन, परिणामले प्रमाणित हुन्छ। सम्भावनालाई सफलतामा बदल्न संगठनात्मक एकता, रणनीतिक स्पष्टता र निरन्तर कार्यान्वयन अनिवार्य छन्।
अबको प्रश्न: कसको युग होइन, कस्तो शासन?
देशलाई आज करिश्मा होइन, विश्वसनीयता चाहिएको छ; भिडन्त होइन, संवाद; भाषण होइन, कार्यान्वयन, नेतृत्व खारिनु भनेको आलोचना सहनु, असफलताबाट सिक्नु र व्यक्तिगत महत्वाकांक्षाभन्दा राष्ट्रिय हितलाई माथि राख्नु हो। नयाँ पुस्ताले पुरानोलाई पूर्णतः अस्वीकार गरेर समाधान निस्कँदैन, र पुरानो पुस्ताले नयाँ स्वर दबाएर स्थायित्व आउँदैन। समयले ऊर्जा र अनुभवको सन्तुलन खोजिरहेको छ।
“कसको युग?” भन्दा ठूलो प्रश्न “कस्तो शासन?” हो। जसले संस्थालाई बलियो बनाउँछ, नीतिलाई निरन्तरता दिन्छ र असहमतिको सम्मान गर्दै सहमतिको संस्कार बसाल्छ उही नेतृत्व युगनिर्माता बन्नेछ। नेपाल अहिले निर्णायक मोडमा छ। यहाँ व्यक्तिको विजयभन्दा शासन संस्कारको परिवर्तन नै साँचो जित हुनेछ।
विरेन्द्र बाग सुदुरपश्चिम विश्वविधालयमा आठौं सेमेष्टरमा राजनितिक शास्त्र अध्ययनरत विद्यार्थी हुन्।
खेतीको समयमा मलको हाहाकार, माटो छ, जाँगर छ तर मलखोई ?
मनसुन सक्रिय भए संगै नेपाली किसानका खेतका गाराहरु पानीले भरिएका छन । अकाशे पानीको भरमा वर्षभरि खाने अन्न उब्जाउने किसानहरुको जाँगर पनि यतिवेला
Politics Is Still Men’s Game: Nepal’s Feminist Reality Check
Nepal’s current political moment has captured widespread attention. The possible alignment of a few new male leaders is being celebrated as a “new alternative” and an answer to the country’s long-standing political fatigue. On the surface, this moment appears bold and transformative. Yet from my perspective, it produces more discomfort than excitement. Because
“नेपालको जेन–जी आन्दोलन तथा कहाँ चुके राज नेता”
नेपालमा गत भाद्र २३ र २४ गते (सेप्टेम्बर ८ र ९) मा नेपालको ईतिहासमा कहिल्यै नविर्सिने गरी पूरा देश आगोको लपेटामा जलेर खरानी भएको, विश्वसामु जेन–जी






प्रतिकृया दिनुहोस