“नेपालको जेन–जी आन्दोलन तथा कहाँ चुके राज नेता”
नेपालमा गत भाद्र २३ र २४ गते (सेप्टेम्बर ८ र ९) मा नेपालको ईतिहासमा कहिल्यै नविर्सिने गरी पूरा देश आगोको लपेटामा जलेर खरानी भएको, विश्वसामु जेन–जी समूहका युवाहरुले गरेको युवा आन्दोलन संसारलाई युवा–शक्तिको मापन गर्न बाध्य बनाएको पुस्तान्तरण र हस्तान्तरणको नाराले समाजमा परवर्तन खोजेको दिन भन्दा अतिसयोक्ति नपर्ला ।
नेपालमा जेनेरेशन जेन–जी (Gen–Z) समूहका युवाहरु केही समय पहिले देखिन सक्रिय र स्वर उठाउने क्रममा थिए, उनीहरुले विविध सामाजिक, राजनीतिक र आर्थिक विषयहरुमा आफ्ना आवाजहरु बुलन्द बनाउँदै अगाडि बढ्दै थिए । देशभरी विद्यार्थी अधिकार, शिक्षा सुधार, बेरोजगारी, वातावरण संरक्षण भ्रष्टाचार र लोकतन्त्रको रक्षा जस्ता विषयहरुमा जेन–जी समूह सामाजिक सञ्जालहरु मार्फत आ–आफ्नो विचार प्रकट गर्ने, असन्तुष्टि सार्वजनिक गर्ने, शान्तिपूर्ण प्रदर्शन मार्पmत सरकार र सम्बन्धित निकायलई जवाफदेही बनाउन दवाव दिने प्रयास गरिरहेका थिए साथै नेपालमा युवाहरुको सक्रियता र सामाजिक चेतना बढाउँदै थिए ।
तर सरकार र सुरक्षा निकायका तिनवटै निकायहरु (इन्टिलिजेन्ट एक्सपर्ट) भने बेखवर र बेवास्ता गरे सरह नै सुति रहेको थियो । उल्टै सेप्टेम्बर–८ मा नेपाल सरकारले २६ वटा प्रमुख सामाजिक मिडिया प्लेटफर्महरु (फेसबुक, ट्वीटर, युट्युव, ह्वाट्सएप) माथि प्रतिबन्धित गर्यो जसका कारण युवाहरुलाई आक्रोसित बनायो र माइतीघरमा हजारौ विद्यार्थी र युवा प्रदर्शनमा उत्रिए, प्रदर्शनकारीहरुले संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन र अन्य सरकारी कार्यालयहरु तथा देशका प्रमुख नेताहरुको घरमा आगजनी गरे साथै प्रहरी सँगको झडपमा कम्तीमा १९ जनाको मृत्यु भयो भने ३०० भदा बढी घाइते भए, आन्दोलनले नयाँ मोड लिँदै देशभरी आगो जल्इो, आन्दोलनमा घुसपैठको साथै सरकारको हातभन्दा बाहिर जान पुगि अनियन्त्रित हुन पुग्यो जसका कारण देशलाई अरबौंको धनजनको क्षेती हुन पुग्यो ।
जेन–जी समूहको आवाज र मागहरुको बेवास्ता गर्दै युवा विद्यार्थीहरु माथि छानीछानी गोलीको वर्षा गर्न पुग्यो जसका कारण आन्दोलन देशभरी आगोमा घ्यू हाले जस्तै विकराल तथा अनियन्त्रित हुन पुगी केपी सरकारनै राजीनामा दिन बाध्य भयो । आन्दोलनको प्रभावले सरकार परिवर्तन भयो । सुशिला कार्कीको नियुक्तिले सरकारको संरचनामा परिवर्तन ल्यायो, युवा सशक्तिकरण, युवाहरुलाई राजनीतिक र सामाजिक परिवर्तनमा सक्रिया भूमिका खेल्न प्रेरित ग¥यो साथै चुनावी तयारी अन्तरिम सरकारले २०२६ मार्च ५ (२०८२ फागुन २१ गते) मा संसदीय चुनाव गर्ने योजना बनायो ।
जेन–जी मागहरुः
१ शिक्षा प्रणालीमा सुधारको आवश्यकता– गुणस्तरीय र समावेशी शिक्षा नहुनु, शिक्षामा भ्रष्टाचार अनियमितता, आधुनिक प्रविधि र आवश्यकतालाइृ ध्यान नदिनु महँगो शिक्षा प्रणाली ।
२ बेरोजगारी र रोजगारको अभाव– युवाहरुको लागि रोजगारीको कमी, दक्षता अनुसार रोजगारी नपाउनु, निजी र सरकारी क्षेत्रमा अवसरहरुको कमी
३ राजनीतिक अस्थिरता र भ्रष्टाचार– राजनीतिक दलहरु बीचमा असहमति र सरकार चलाउने समस्याहरु, भ्रष्टाचारका कारण जनतालाई आवश्यक सेवामा पहुँच नपाउनु, युवाहरुले सरकारलाई जवाफदेही बनाउन माग ।
४ सामाजिक अन्याय र असमानता– जातीय, लैङ्गिक, क्षेत्रीय भेदभाव, अवसरमा असमानता र अधिकारको अभाव।
५ वातावरणीय समस्या– प्रदुषण, वन विनाश, जलवायु परिवर्तनको असर वातावरणमा संरक्षणका लागि सरकार र समाजबाट सक्रिय नदेखिनु ।
६ स्वास्थ्य सेवा र आधारभूत सुविधाको अभाव– गुणस्तरीय स्वास्थ्य सेवा नपाउनु, महँगो स्वास्थ्य सेवा हुनु, ग्रामीण क्षेत्रका युवाहरुलाई सुविधा नपुग्न इत्यादि ।
जेन–जी आन्दोलनले नेपालका प्रजातान्त्रिक र लोकतान्त्रिक ठूला पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अहम् पाठ सिकाएको छ । राणाकालको अन्त, पंचायत, राजतन्त्र र गणतन्त्रसम्मको यात्रामा जनताहरुबाट पूर्ण बहुमत प्राप्त पार्टी र नेताहरुलाई देशका नागरिक रैती होइनन सर्वोपरी हुन, नागरिक आवाजको कदर गर्नु, युवाहरुको आवाज र मागहरुको सम्मान गर्नु एक राजनेताको उत्तरदायित्व हुन्छ र भावी नेपालको समृद्धि, विकास र नागरिकप्रतिको नयाँ नेपालको सपना कोरेको हुन जान्छ ।
नागरिकहरुका दैनिक आवश्यकताका चिजहरु पानी, विजुली कर लगायतमा सुहाउँदो दायरा तोक्नु, शिक्षा र स्वास्थ्यलाई एकल प्रणालीमा परिणत गरी (One door system) सबैको पहुँच पुग्ने गरी निःशुल्क गनृ तिर अगाडि बढ्नुपर्छ साथै देशलायृ कर, रेमिटेन्स र विदेशी सहयोगले मात्र सञ्चालन नगरी बैकल्पिक माध्यमबाट अगाडि बढाउनु आजको र जेन–जी पुस्ताको माग हो ।
हामी मानविकी शिक्षामा चुकेका छौं, नैतिकवान, स्वावलम्वी र असल नागरिकहरुको आज समाज र राष्ट्रलाई खाँचो छ त्यसकारण नागरिकहरुलाई स्वावलम्वी र नैतिकवान बनाउन नयाँ विचार र सोचको खाँचो छ । राष्ट्रिय एकता, नयाँ नेपालको समृद्धि, विकास र निर्माणको चित्रण कोर्न साच्चै एउटा राजनेताको खाँचो वा जेन–जी आन्दोलनको माग हो र ?
जेन–जी आन्दोलनबाट मेरो मनमा एक प्रश्न उठिरहेछ, के नेपालमा राजनेताको कमी भएको हो र ? राज–नेताहरु जेन–जी सँग कहाँ चुके ? के राजनेता नेपालले अब पाउला र ? अन्य अन्य ... ।
महान नेता (राजनेता)– महान नेतृत्व केवल पद र अधिकारको कुरा होइन, त्यो चरित्र, मूल्य र कार्यशैलीको प्रतिविम्ब हो, जसले दीर्घकालीन रुपमा समाज र राष्ट्रमा सकारात्मक परवर्तन ल्याउँछ र सशक्त बनाउँछ, नयाँ विचार अपाउने र गल्तीबाट सिक्ने स्व्भाव, समाजको भलाईमा ध्यान दिने र दायित्व पूरा गर्ने चुनौतीको सामना गर्ने कठिन निर्णय लिन सक्ने धैर्य र परिवर्तनको सम्वाहक हुनुपर्छ ।
राजनेता भनेको त्यो व्यक्ति हो जसले आफ्नो समाज र राष्ट्रलाई सफल र समृद्ध बनाउन प्रेरित गर्छ, नेतृत्वलाई प्रभावकारी बनाउँछ, भविष्यप्रति स्पष्ट सोच र योजना हुन्छ, दीर्घकालीन लक्ष्य निर्धारण गरी कार्य अगािड बढाउँछ, आफ्ना गल्तीहरु स्वीकार्न र त्यसबाट सिक्न सक्ने स्वभाव राख्दछ, मार्गदर्शन र प्रशिक्षण दिन तयार रहन्छ, नयाँ सोच, नवीनता र सामाजिक उत्तरदायित्वमा प्राथमिकता दिन्छ, समाजालई आत्मनिर्भर र सशक्त बनाउन दीर्घकालीन रुपमा स्थायित्व र समृद्धि ल्याउँछ ।
शक्ति र अधिकारको प्रयोग गर्दैनन् बरु त्यसलाई जिम्मेवारीको रुप्मा लिन्छन्, विचारहरु सिर्जनशील र भविष्यमुखी हुन्छन्, नयाँ अवसरहरु खोज्ने र पुराना चुनौतीहरुलाई समाधान गर्न सक्ने, सदैव सिक्न चाहने, आफ्नो कमजोरीहरु सुधार्न तत्पर हुने अन्तत राजनेता भनेको जसलाई प्रेरित गरेर उनीहरुको सामूहिक शक्ति उपयोग गरेर समाज र राष्ट्रको लागि साझा सफलताको मार्ग चित्रण कोर्ने व्यक्ति हो । राजनेताका विशेषताहरुः– दूरदृष्टि, प्रेरणा दिने क्षमता, इमान्दारी र निष्ठा, राम्रो संचार, निर्णय क्षमता, सहानुभूति, लचिलोपन, जिम्मेवारी लिने गुण, अरुलाई सक्षम बनाउने, उदाहरण बन्ने, सहकार्य र सहिष्णुता र संकट व्यवस्थापन आदि ।
अन्तत के राज नेताहरुको कारण जेन–जी आन्दोलनको आवाज र माग बुझ्न नसकी आन्दोलनले भिषण रुप लिएको हो त ? के जेन–जी पुस्ताको मागहरु अनुसार अब नेपालका राजनेताहरु परिवर्तनशील हुन्छन् त ? के जेन–जी आन्दोलन बाट नयाँ राजनेता जन्म हुन्छ त ? के पुस्तान्तरण र हस्तान्तरण सहित भ्रष्टाचार नियन्त्रण, समृद्धि, विकास र लोकपाल, युवामुखी समाजको परिकल्पना गर्न सकिन्छ कि हाम्रो राष्ट्र नवीनतम मार्गमा, परिवर्तनशीललाई अगाडि लम्कन्छ त ? आजको दिनमा हामी नेपालीहरुले एकवद्ध भई राष्ट्रियएकता अखण्डताको मर्मलाई बुझी एकढिक्का भई यो कठिन समयमा देशलाई अगाडि बढाउन एकजुट हुन जरुरी हुनजान्छ । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।
लेखक–
ज्ञानेन्द्र बहादुर सिंह
नेपाली काँग्रेस सु.प. कार्यसमिति सदस्य तथा युवा तथा खेलकूद विभाग प्रमुख
खेतीको समयमा मलको हाहाकार, माटो छ, जाँगर छ तर मलखोई ?
मनसुन सक्रिय भए संगै नेपाली किसानका खेतका गाराहरु पानीले भरिएका छन । अकाशे पानीको भरमा वर्षभरि खाने अन्न उब्जाउने किसानहरुको जाँगर पनि यतिवेला
युगको उभार कि शासनको उत्तरदायित्व ? निर्णायक मोडमा नेपालको नेतृत्व बहस
विरेन्द्र बाग, कञ्चनपुर, नेपालको राजनीतिमा अहिले देखिएको दृश्य केवल दल–दलबीचको प्रतिस्पर्धा होइन, यो पुस्ताबीचको टकराव, शैलीबीचको संघर्ष र
Politics Is Still Men’s Game: Nepal’s Feminist Reality Check
Nepal’s current political moment has captured widespread attention. The possible alignment of a few new male leaders is being celebrated as a “new alternative” and an answer to the country’s long-standing political fatigue. On the surface, this moment appears bold and transformative. Yet from my perspective, it produces more discomfort than excitement. Because






प्रतिकृया दिनुहोस