• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

भुवन भट्ट/महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ‘सम्पदा, नवप्रवद्र्धन र रूपान्तरण’ शीर्षकमा फागुन ५, ६ र ७ गते सम्म सम्मेलन आयोजना गरिने सोमबार पत्रकार सम्मेलन मार्फत विश्वविद्यालयले जनाएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलनमा २३ मुलुकका प्राध्यापक, अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिता रहने विश्वविद्यालयको इन्जिनियरिङ संकायका डिन प्रा.डा.कृष्णदत्त भट्टले जानकारी दिए ।

सम्मेलनमा विज्ञहरूले गरेका खोज, अनुसन्धानलाई प्रस्तुतीकरण गरिने छ । सम्मेलनमा प्रस्तुतीकरणका लागि तीन सय बढी अनुसन्धान पत्र प्राप्त भएकोमा १६२ अनुसन्धान पत्र प्रस्तुतीकरण गरिने प्रा.डा. भट्टले बताए । सम्मेलनमा प्राज्ञिक एवम् अनुसन्धानका क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता, शिक्षाविद् तथा विद्यार्थीहरूका प्राज्ञिक, बौद्धिक एवम् अनुसन्धानात्मक उपलब्धिहरूको प्रस्तुतीकरण गरिनुका साथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक समस्या एवम् मुद्दाहरूमा घनिभूत छलफल हुने जनाइएको छ । सम्मेलनले स्थानीय बजारलाई प्रवद्र्धन गर्नुका साथै शैक्षिक सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

यस सम्मेलनबाट अनुसन्धानात्मक क्षेत्रमा विश्वविद्यालयलाई थप उचाइमा पुगाउने अपेक्षा गरिएको प्रा.डा. भट्टले बताए । अध्ययन सँगसँगै अनुसन्धानात्मक शिक्षालाई प्राथमिकता दिइएकाले यस पटक नेपाल मेटेरियल्स संघ लगायत स्थानीय तह सँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।

सम्मेलनमा कञ्चनपुरका नौ वटै स्थानीय तह तथा कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कम्बोडियाली नेतासँगको फोन वार्ता लिक भएपछि थाई अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गर्‍यो

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको छ ।   अदालतले प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाउँदै

उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा गोली चल्यो

दक्षिण कोरियाले साताको सुरुमा उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको पुष्टि गरेको छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले दक्षिण

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्। उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन। बीबीसी हिन्दीले

↑