कम्बोडियाली नेतासँगको फोन वार्ता लिक भएपछि थाई अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गर्यो
थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको छ ।
अदालतले प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाउँदै मन्त्रिपरिषद् विघटन गरेको बीबीसीले जनाएको छ । शिनावात्रा सन् २००८ पछि संवैधानिक अदालतले पदबाट हटाएको थाइल्यान्डकी पाँचौं प्रधानमन्त्री बन्नुभएको छ ।
कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि उत्पन्न विवादका कारण उहाँ गएको जुलाईमा निलम्बनमा पर्नुभएको थियो । उहाँले थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको कुराकानीले नागरिकमा आक्रोश निम्तिएको थियो ।
पेतोङतार्न शिनावात्रा थाइल्यान्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले ३७ वर्षको उमेरमा पदभार ग्रहण गर्नुभएको थियो । यस्तै उहाँ देशको दोस्रो महिला प्रधानमन्त्री पनि बन्नुभयो ।
पेतोङतार्न थाई अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुनुहुन्छ । उहाँ सन् २०२१ मा फेउ थाई पार्टीमा सामेल भएर २०२३ मा पार्टीको नेता बन्नुभएको थियो ।
गएको वर्ष थाई संसद्ले पेतोङतार्न शिनावात्रालाई उहाँको पूर्ववर्ती स्रेथ्था थाविसिनको ठाउँमा निर्वाचित गरेको थियो । मन्त्रिपरिषद् नियुक्ति नियमहरू उल्लङ्घन गरेको आरोपमा संवैधानिक अदालतले थाविसिनलाई पदबाट हटाएको थियो ।
शिनावात्रा परिवारले दशकौंदेखि थाई राजनीतिमा प्रभुत्व जमाउँदै आएको छ र पेतोङ्तार्नको पदबाट बहिर्गमन यस राजनीतिक परिवारका लागि ठूलो धक्का भएको विश्लेषण गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
भुवन भट्ट/महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ‘सम्पदा, नवप्रवद्र्धन र रूपान्तरण’
उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा गोली चल्यो
दक्षिण कोरियाले साताको सुरुमा उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको पुष्टि गरेको छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले दक्षिण
श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ
श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्। उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन। बीबीसी हिन्दीले






प्रतिकृया दिनुहोस