• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

साढे चार लाख मूल्य बराबरको भन्सार छलीका विद्युतीय सामान बरामद

सांकेतिक तस्वीर

भुवन भट्ट । महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साढे चार लाख मूल्य बराबरको भन्सार छलीको विद्युतीय सामाग्री नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको गल्ली नम्बर ५ मा रहेको मोबाइल पसलबाट साढे चार लाख मूल््य बराबरको भन्सार छलीको विद्युतीय सामाग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, महेन्द्रनगर बजारको गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले सञ्चालन गरेको एजी मोबाइल केयर सेन्टरबाट चार लाख ३९ हजार ८ सय मूल्य बराबरका अवैध भन्सार छलीका सामग्री नियन्त्रणमा लिइएको हो ।  उक्त एजी मोबाइल केयर सेन्टरमा अवैध भन्सार छलीका सामान राखिएको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा पसलबाट मोबाइल डिस्प्ले, ग्लास, इयरफोन, एयरपोर्ट, डाटा केवल, हेडफोन, चार्जर, मोबाइल स्टेण्ड, ट्याप, साउन्ड बक्स लगायतका सामानहरू फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोहराले बताए ।

उक्त सामानहरू नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसै गरी, आइतबार दिउँसो ४ बजेको समयमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी २१ हजार बराबरको बेवारिसे अवस्थामा माछा फेला पारी नियन्त्रणमा लिएर जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै, प्रहरीले आइतबार साँझ ७ः३० बजेको समयमा बेलौरी नगरपालिका–१० जर्सिखल्ला स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको से २ प ९००३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकल चालक बेदकोट नगरपालिका–६ घोड्सुवा बस्ने वर्ष ३१ को सन्तोष विष्ट र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३४ को सागर साउँदको साथबाट ६ ग्राम २२० मिलिग्राम लागू औषध खैरो हेरोइन फेला पारी मोटरसाइकल सहित दुवै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

यसै गरी, आइतबार साँझ ६ बजेको समयमा पुनर्वास नगरपालिका–११ डोके बजारबाट कैलालीको धनगढी उपमहानगरपालिका–३ का ४२ वर्षीय बाबुराम रानाको साथबाट त्रिभुवन विश्वविद्यालय सङ्गठित विसं २०१२, स्थापित विसं २०१६ लेखेको ४५ हजार थान होलो ग्राम जस्तो देखिने समान नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ बोहराले बताए ।

प्रतिकृया दिनुहोस

सशस्त्र प्रहरीः संकटको सारथिदेखि सीमाको रक्षक

पूर्ण साउद २०५२ फागुन २ गतेबाट तत्कालीन माओवादीले सशस्त्र संघर्ष थाल्यो । मुलुकको आन्तरिक सुरक्षामा गम्भीर समस्या उत्पन्न भए । अर्ध सैन्य प्रकृतिको

आमाबुवाविहीन मनिषा र ललिताको संघर्षपूर्ण जीवन : अभावबीच पनि शिक्षाको आशा

प्रकाश पार्की/ डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ किमोडी। सल्लाका अग्ला रुखहरू, पहाडको हल्का हावासँग लड्दै उभिएको एउटा डाँडो। त्यही

गर्मीमा आँखाको ख्याल कसरी गर्ने ?

काठमाडौं । गर्मी यामका स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन् । तापमान बढेसँगै वायुमण्डलमा प्रदूषण पनि बढेको छ । तापमान वृद्धि र जलवायु

↑