• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

"राम्रो होली फागुनमा" सार्वजनिक

https://www.youtube.com/watch?v=h5Ur5k0jje8

झलारी होली पर्व नजिकिँदै गर्दा सुदूर तथा मध्यपश्चिममा खेलिने परम्परागत होली गीत "राम्रो होली फागुनमा" सार्वजनिक गरिएको छ। मेचीकाली युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतलाई सर्जक रुपेश सिंह बोहराले संकलन तथा पुनः सिर्जना गरेका हुन् । रुपेश सिंह बोहराको स्वरमा रहेको यस होली गीतमा कोरस गायनमा महेश भट्ट, लालबहादुर बोहरा, रेवन सुवेदी र धीरेन्द्रचन्द्र सोडारीले साथ दिएका छन् ।

 

ए प्लस रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको गीतको संगीत संयोजन केशव बडुले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ नरेश बीसीले गरेका छन् । मौलिक शैलीमा तयार पारिएको यस गीतको निर्देशन सर्जक रुपेश स्वयंले गरेका हुन् भने छायाङ्कन महेश महराले गरेका छन्। भिडियोमा सुदूर तथा मध्यपश्चिमका होली खेलाडीहरूले होली खेल्दै परम्परागत शैली झल्काएका छन् । सर्जक बोहराका अनुसार गीतमा सुदूर तथा मध्यपश्चिममा खेलिने विभिन्न प्रकारका होली परम्पराहरू समेटिएका छन्, जसले यस क्षेत्रको संस्कृति र रङ्गहरूको झल्को दिन्छ । पूर्ण भिडियो हेर्नका लागि दर्शकहरूले मेचीकाली युट्युब च्यानलमा जान सक्नेछन्। Ramro Holi Fagunama| Kati Ramro Holi Fagunama | Cultural Holi Song| Sudurpaschim Holi | Holi2081

प्रतिकृया दिनुहोस

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक हुँदै

कञ्चनपुर : सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो आइतबार सार्वजनिक हुने भएको छ। यस

कविता शीर्षक : तिमी

  कविता शीर्षक : तिमी तिमी धैर्य तिमी, ध्येय तिमी, ध्यान पनि तिमी नै हौ, हृदयमा तिमि, मस्तिष्कमा तिमि, यो मन पनि त तिमी नै हौ। जल तिमी, बर्सात तिमी, सितको

 शुक्लाफाँटाका अविशेक श्रीपेच सिजन दुईमा उत्कृष्ट २१ भित्र

झलारी । नेप्ह्योको श्रीपेच सिजन दुईमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. ११ का अम्मरपुर -यापर  गायक अविशेक कुमार विसी उत्कृष्ट २१ मा

↑