• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

कविता शीर्षक : तिमी

ईन्जिनियर–बिबेक पन्त

 

कविता शीर्षक : तिमी

तिमी धैर्य तिमी, ध्येय तिमी, ध्यान पनि तिमी नै हौ,
हृदयमा तिमि, मस्तिष्कमा तिमि, यो मन पनि त तिमी नै हौ।
जल तिमी, बर्सात तिमी, सितको थोपा तिमी नै हौ,
फूल तिमी, सुगन्ध तिमी, सुन्दरता पनि तिमी नै हौ।

 

शब्द तिमी, रचना तिमी, साहित्य पनि तिमी नै हौ,
धुन तिमी, सङ्गीत तिमी, गीत पनि त तिमी नै हौ।
आकाश तिमी, क्षितिज तिमी, सूर्यास्तको रङ तिमी नै हौ,
ज्योती तिमी, प्रकाश तिमी, जुन-तारा पनि तिमी नै हौ।

 

सङ्घर्ष तिमी, सफलता तिमी, जीवनको गति तिमी नै हौ,
स्वप्न तिमी, सत्य तिमी, स्वतन्त्रता पनि तिमी नै हौ।
सिन्धु तिमी, लहर तिमी, हावाको सितलता तिमी नै हौ,
चेतना तिमी, प्रेरणा तिमी, मेरो आभास पनि तिमी नै हौ।
✍️✍️ ई बिबेक पन्त

प्रतिकृया दिनुहोस

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक हुँदै

कञ्चनपुर : सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो आइतबार सार्वजनिक हुने भएको छ। यस

"राम्रो होली फागुनमा" सार्वजनिक

झलारी होली पर्व नजिकिँदै गर्दा सुदूर तथा मध्यपश्चिममा खेलिने परम्परागत होली गीत "राम्रो होली फागुनमा" सार्वजनिक गरिएको छ। मेचीकाली युट्युब

 शुक्लाफाँटाका अविशेक श्रीपेच सिजन दुईमा उत्कृष्ट २१ भित्र

झलारी । नेप्ह्योको श्रीपेच सिजन दुईमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. ११ का अम्मरपुर -यापर  गायक अविशेक कुमार विसी उत्कृष्ट २१ मा

↑