टुँडिखेलमा गौरा पर्वको रौनक [तस्बिरहरू]
काठमाडौँ — काठमाडौंमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले सोमबार गौरापर्व मनाएका छन् । उत्सवकैरुपमा मनाइएको पर्वविशेष शुभकामना आदानप्रदान कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत नेताहरू समेत सहभागी भए । गौरा (पार्वती) को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।
खासगरी सुदूरपश्चिमबाट काठमाडौंमा बसोबास गर्ने नेपाली यो पर्व मनाउने कार्यक्रममा सहभागी भए । पर्व मनाउन विभिन्न जिल्लका बासिन्दा भेला भए। उनीहरूले सामूहिक रुपमा नाच्दै गाउँदै गौरा पर्व मनाएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भए । उनीहरूले गौरा पर्व मनाउने समुदायलाई आफ्नोतर्फबाट शुभकामना दिए ।


एपीएफ स्कुल झलारीले मनायो श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व(फोटो फिचर)
झलारी । एपीएफ स्कुल झलारीले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व मनाएको छ। एपीएफ स्कुल र सशस्त्र प्रहरी बल नेपाल ३५ नं. गण शैलेश्वरीले विभिन्न कार्यक्रम
वीरेन्द्र विश्राम वाटिका
कैलालीको टीकापुर पार्कभित्र पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको वीरेन्द्र विश्राम वाटिका। पार्कमा राजा महेन्द्रको नाममा अर्को महेन्द्र विश्राम
शुक्लाफाँटाको घरवासमा विदेशी पर्यटकलाई स्वागत
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरवासमा विदेशी पर्यटकलाई स्वागत गर्दै घरवास सञ्चालिका । यहाँ आठ वटा घरमा






प्रतिकृया दिनुहोस