अब महेन्द्रनगर मै सुविधा सम्पन्न ललिता हेयर एण्ड ब्यूटी एकेडेमी
महेन्द्रनगर । महेन्द्रनगर बजारमै सुविधा सम्पन्न ललिता हेयर एण्ड ब्यूटी एकेडेमी सञ्चालनमा आएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीका कविता नेगि (ऐर) ले ब्यूटि पार्लरबाट बेरोजगार महिलाहरुलाई रोजगारी प्रदान गर्ने उदेश्यले ललिता हेयर एण्ड ब्यूटी एकेडेमी सञ्चालनमा ल्याएकी छन् । ललिता हेयर एण्ड ब्यूटि होम महेन्द्रनगर बजारको गल्लि नम्बर ३ मा सञ्चालनमा रहेको छ ।
१८ वर्षे लामो अनुभव पछि कविता ऐरले महेन्द्रनगर बजारमै ब्यूटि होम प्रशिक्षण केन्द्र सञ्चालन गरेकी हुन् । मंगलबार एक कार्याक्रमका बिच एकेडेमिको उद्धघाटन गरिएको छ । ‘जान्न मात्रै प्रयाप्त छैन, हामिले लागू पनि गर्नुपर्छ’ भन्ने उद्धेश्यले उनले सञ्चालनमा ल्याएको ब्यूटि एकेडेमिमा अहिले १५ जना भन्दा बढी किशोरीहरुले प्रशिक्षण लिइरहेका छन् ।
साथै, साउन महिना भित्र नयाँ भर्ना हुनेलाई एकेडेमीले विषेश छुटको पनि व्यवस्था गरेको छ । थ्रेडिङ , मेकअप , नेल, हेयर र स्किन सम्बन्धी छुट्टा–छुट्टै तालिम उपलब्ध रहेको एकेडेमिले जनाएको छ । साथै, उनले विगत तिन वर्ष देखि महेन्द्रनगर बजारको गल्लि नम्बर ३ मै ललिता हेयर एण्ड ब्यूटि होम पनि सञ्चालन गर्दे आएकी छन् । ब्यूटि पार्लरमा थ्रेडिङ , मेकअप , नेल, हेयर र स्किन सम्बन्धी छुट्टा–छुट्टै सेवाहरु उपलब्ध रहेका छन् । महेन्द्रनगर बजारमै अन्यको भन्दा सुविधा युक्त ब्यूटि पार्लरबाट सेवा लिन आउनेलाई छुट्टा–छुट्टै सुविधा उपलब्ध रहेको छ ।
के भन्छिन् कविता नेगि (ऐर) !

यो समयले मागेको सेवा हो । लेडिजहरुले चिटिक्क परेर हिन्नुपर्ने भएकाले पनि अहिले यस पेसा प्रती आक्रर्षण बढ्दो क्रममा रहेको छ । लेडिजहरुका लागी ब्यूटि होमले सबै सुविधा उपलब्ध गराउँदै आएको छ । विगत १८ वर्षे लामो अनुभव पछि हाल यसै क्षेत्रमा गुणस्तरिय सेवा सहित सञ्चालित ब्यूटि होमले ग्राहकहरुका चाहना पुरा गर्दे आएको छ ।
तर सरकारले भने आफुहरुलाई उपेक्षामा राखेको ब्यूटि सप व्यवसाय सञ्चालन गर्दे आएकी कविताले अनुभव सुनाएकी छन् ।उनले भनिन्–‘ स्वरोजगार बन्नु कुनै गलत कदम होइन्, तर सरकार भने आफुहरुका समस्या प्रति उदासिन भएको छ ।’‘यस पेसामा आवद्धभएर क्यामिकलमा कामगर्नुपर्ने हुन्छ, उनले भनिन्–‘त्यसको परिक्षण केन्द्र भने मुलुकभरी कहि छैन् ।’
चिनबाट कच्चा पदार्थ ल्याएर सामाग्रीहरु निर्माण गरिदा त्यसमा क्यामिकलको मात्रा जाँच नहुने गरेको उनको भनाई छ । जसले गर्दा छाला सम्बन्धि समस्याहरु उत्पन्न हुनेगरेका छन् । परिक्षण केन्द्र नहुँदा सामाग्रिको मुल्यमा समेत मनोमानी हुने गरेको उनको भनाई छ । जुन व्यवसायका लागी भने, केही चुनौती पूर्ण रहेको उनले बताईन् । उनले सञ्चालनमा ल्याएको ब्यूटि होममा ४ जनाले रोजगारी पनि पाएका छन् । उनले यसअघि पनि तालिम सञ्चालन गर्दे आएकोमा ५ जना महिलाले आफ्नै व्यवसाय सुरु गरेका छन् । न्यून लगानीबाट पनि यो व्यवसाय सञ्चालन गर्न सकिने भएकाले रोजगारीका लागी भौतारिएका महिला दिदी बहिनीहरुलाई तालिममा सहभागी हुन आग्रह गरिएको छ ।
सशस्त्र प्रहरीः संकटको सारथिदेखि सीमाको रक्षक
पूर्ण साउद २०५२ फागुन २ गतेबाट तत्कालीन माओवादीले सशस्त्र संघर्ष थाल्यो । मुलुकको आन्तरिक सुरक्षामा गम्भीर समस्या उत्पन्न भए । अर्ध सैन्य प्रकृतिको
आमाबुवाविहीन मनिषा र ललिताको संघर्षपूर्ण जीवन : अभावबीच पनि शिक्षाको आशा
प्रकाश पार्की/ डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ किमोडी। सल्लाका अग्ला रुखहरू, पहाडको हल्का हावासँग लड्दै उभिएको एउटा डाँडो। त्यही
साढे चार लाख मूल्य बराबरको भन्सार छलीका विद्युतीय सामान बरामद
भुवन भट्ट । महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साढे चार लाख मूल्य बराबरको भन्सार छलीको विद्युतीय सामाग्री नियन्त्रणमा लिएको छ ।






प्रतिकृया दिनुहोस