• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

एकता सहकारीको  वार्षिक नाफा ८ लाख

झलारी । शुक्लाफाँटा नगरपालिका–११ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उत्तरदेव भट्टको सभापतित्वमा शनिवार भएको कार्यक्रममा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा प्रमुख आतिथि रहेका थिए। 


सहकारी संस्था सेयर सदस्य तथा बचतकर्ताप्रति इमान्दार हुनुपर्ने नगर प्रमुख महराले बताए । ‘कतिपय सहकारी संस्थाहरुले बचतकर्ताको पैसा ठगेको पाइन्छ, सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी इमान्दार हुनु जरुरी छ,’ उनले भने, ‘देश अहिले आर्थिक संकटमा छ। यस्तो अवस्थामा पनि यस सहकारीले इमान्दार भएर सेयर सदस्य तथा बचतकर्ताको पक्षमा काम गरेको पाइयो।’ 


सेवा विस्तार गरि नमूना सहकारी बनाउन नगर प्रमुख महराले आग्रह गरे ।  ‘सहकारी संस्थाले बचत तथा ऋण प्रवाहसँगै सामाजिक कार्य पनि गर्नुपर्छ,’ उनले भने, ‘बचतकर्ता तथा सेयर सदस्यलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम बनाउनु आवश्यक छ।’ शुक्लाफाँटा–११ का  अध्यक्ष तथा विशिष्ट अतिथि शेर बहादुर साउँदले संस्थाका शेयर सदस्यहरुको जिविकोपार्जन हुने गरी सहकारी संस्थाले काम गर्नुपर्नेमा जोड दिए । 

 

वार्षिक नाफा ८ लाख बढी एकता बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९÷८० मा ८ लाख १९ हजार ७ सय १९ रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाको शेयर पूँजी ६७ लाख ९१ हजार १ सय रहेको छ भने बचत १ करोड १८ लाख ७९ हजार ३ सय ६७ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति ३ करोड ८३ हजार ६ सय ८२ रुपैयाँ पुगेको छ। 
 

८ जनालाई सम्मानित
सहकारी संस्थाले ८ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा उत्कृष्ट ऋण परिचालकतर्फ कर्णबहादुर कार्की, बाल बचतकर्तातर्फ ललित ऐर र मन्दिप बोहरा रहेका छन् । 
त्यस्तै दैनिक बचतकर्तातर्फ माया विष्ट, मासिक बचतकर्तातर्फ शेर बहादुर साउँद, सुपर पेन्सनतर्फ यज्ञराज पन्त सम्मानित भएका छन् । सहकारीमा कार्यरत २ जना कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा चित्रा पाण्डेय र मन्दोदरी विष्ट रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

नयाँ वर्ष को पूर्व सन्ध्यामा सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको १ लाख ८६ हजार मा कारोबार

३१ चैत २०८१ । नयाँ वर्ष ०८२ सालको पूर्व सन्धयामा नेपाली बजारमा सुनको भाउ बढेर नयाँ कीर्तिमान बनाएको छ । आज ९आइतबार० स्थानीय बजारमा सुनको भाउ बढेर

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तारा लामा तामाङ

सुदूरपश्चिम,२३ माघ : संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को

↑