डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्।
प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए। देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन्।
प्रधानमन्त्री देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन्। देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा छन्। तर, उनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनौती दिएका छन्।
मानसिक रोगीको उद्धार
झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ। नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे
विद्यालयमा भौतिक संरचना थप्दै वडा अध्यक्ष भट्ट
झलारी। शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ। वडा कार्यालयले विद्यालयका भौतिक संरचना निर्माणसँगै
लागुऔषध दुर्व्यसनको दलदलमा फस्दै युवापुस्ता: अभिभावकलाई हेक्का छैन
राजेश भुल । साउन २१ गते शनिवार ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका शुक्लाफाँटा नगरपालिका–१०






प्रतिकृया दिनुहोस