विद्यालयमा भौतिक संरचना थप्दै वडा अध्यक्ष भट्ट
झलारी। शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ। वडा कार्यालयले विद्यालयका भौतिक संरचना निर्माणसँगै शैक्षिक गुणस्तर सुधारमा जोड दिएको हो। वडा नं. १ मा ५ वटा सामुदायिक विद्यालय छन्। वडाका सबै विद्यालयमा भौतिक संरचना निर्माण भइरहेको अध्यक्ष उत्तरदेव भट्टले बताए। उनका अनुसार सिद्धबैनाथ माध्यमिक विद्यालयमा १ लाख बराबरका बेन्च र शौचालय सरसफाई सामाग्री वितरण गरिएको छ।
यस्तै, जनजागृती माध्यमिक विद्यालयमा बिल्डअन र नगरपालिकाको सहकार्यमा ३ कोठे भवन निर्माण भैसकेको छ। ‘यही विद्यालयमा घेरबार निर्माण सुरु छ र राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत २ तले ४ कोठे भवन निर्माणाधिन छ,’ उनले भने।नगरपालिका र बिल्डअनको सहकार्यमा कृष्ण आधारभूत विद्यालयमा पनि ३ कोठे भवन निर्माण भइरहेको छ। यही विद्यालयमा शौचालय सरसफाई समाग्री र पानी तान्ने मोटर लगायत समाग्री हस्तान्तरणको चरणमा रहेको अध्यक्ष भट्टले बताए।
उनका अनुसार श्रीराम आधारभूत विद्यालयमा घेरबारको निर्माणको सम्झौता सिफारिस भईसकेको छ। ‘विद्यालयमा कार्यालय सहगोगी भर्ना गर्दैछौं, यहाँ शौचालय सरसफाईका लागि पानी तान्ने मोटर, पानी ट्यांकी लगायतका सामाग्री हस्तान्तरण समेत गर्छौ,’ उनले भने। यसैगरी, श्रीजनचेतना आधारभूत विद्यालयमा २ लाख बराबरको मर्मत सम्भार हुदैछ । ‘यो विद्यालयमा दिवा खाजा पकाउन ग्यास चुल्हो उपलब्ध गराउने छौं,’ उनले भने, ‘शौचालय सरसफाईका लागि मोटर, पानी ट्यांकी पनि दिन्छौं।’
वडामा संचालित बालबिकास कक्षामा आक्रर्षण बढाउन एलइडी टीभी वितरण गरिने उनको भनाई छ। उनका अनुसार जनजागृती आधारभूत विद्यालय र श्रीकृष्ण आधारभूत विद्यालयमा ४३ इन्चको एलइडी टीभि जडान गरिनेछ।‘वडाका ५ वटै विद्यालयमा बाल विकास कक्षा सञ्चालित छन्,’ उनले भने, ‘यस वर्ष दुई बालविकास कक्षामा एलइडी टीभि जडान गरेका छौं, यी विद्यालयमा बालमैत्री कक्षा बनाउन भित्ते लेखनको कार्यक्रम समेत छ।’
अगामी वर्ष देखि कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गरिने उनले बताए। ‘वडा सबै विद्यालयमा कक्षा १ मा ७\८ विद्यार्थी मात्रै छन्,’ उनले भने, ‘विद्यार्थी थपेर १५ विद्यार्थी पुगाएमा प्रत्येक विद्यार्थीलाई २ हजार पोषक खर्च उपलब्ध गराउने छौं।’विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि ३÷३ महिनामा अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडाका पदाधिकारीबीच छलफल गर्ने गरेको उनले बताए। ‘अहिलेसम्म २ वटा बैठक सम्पन्न गरेका छौं,’ उनले भने, ‘अब परीक्षाको नतिजा आएपछि एउटा बैठक बस्छौं,त्यसैबाट अगामी वर्षका कार्यक्रम बनाउँछौं।’
मानसिक रोगीको उद्धार
झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ। नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे
डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान प्राप्त
लागुऔषध दुर्व्यसनको दलदलमा फस्दै युवापुस्ता: अभिभावकलाई हेक्का छैन
राजेश भुल । साउन २१ गते शनिवार ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका शुक्लाफाँटा नगरपालिका–१०






प्रतिकृया दिनुहोस