लागुऔषध दुर्व्यसनको दलदलमा फस्दै युवापुस्ता: अभिभावकलाई हेक्का छैन
राजेश भुल । साउन २१ गते शनिवार ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने विशाल थापा र २४ वर्षीय दिपेन्द्रसिंह बिष्टलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लियो । शरीर खानतलासी गर्दा उनीहरूको साथबाट १८.४९ ग्राम लागूऔषध खैरो हेरोइन फेला पर्यो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार शरीर खानतलासी गर्दा उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन फेला परेको तथा उनीहरूलाई म१प३९७८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गत शुक्रवार शुक्लाफाँटाकै थप २ जना पक्राउ परेका थिए । शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंहसहित डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई डडेल्धुरा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने खैरो रंगको पदार्थ २.५० ग्राम, नगद ४३ हजार ३५० रुपैयाँ र ३ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । अमरगढी नगरपालिका–५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागूऔषध खैरो हेरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई शुक्रवार राति ९ बजेतिर पक्राउ गरिएको हो । युवाहरू किन लागूऔषधको दुर्व्यसनमा फस्दैछन् भनेर प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउन आवश्यक देखिएको धेरैले बताइरहेका छन् ।
हप्ता दिनभित्रै यसरी ४ जना लागूऔषधसहित पक्राउ परेपछि शुक्लाफाँटामा लागूऔषधका प्रयोगकर्ता धेरै रहेको हुनसक्ने अनुमान गरिँदैछ । पछिल्लो समय लागूऔषधको दुर्व्यसनमा फस्ने युवाहरू परिवारको प्रत्यक्ष निगरानीमा नहुँदा कूलतमा लागेको पाइएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । संगतका कारण, पारिवारिक वातावरण, खुल्ला सीमाना, आयआर्जनको सहज स्रोत लगायतका कारण कूलतमा फस्नेको संख्या बढ्दै गएको सिंहको भनाइ छ ।
कतिपय किशोरावस्थामा नै लागूऔषधमा संलग्न रहेका हुनसक्ने प्रहरीको भनाई छ । लागूऔषध न्यूनीकरण गर्न सानैदेखि विद्यालय आउँदा–जाँदा छोराछोरीको व्यवहार, संगत र उनीहरूले मागे जति रकम दिँदा के गरिरहेका छन् भनेर अभिभावकले निगरानी गर्नुपर्ने प्रहरी निरीक्षक सिंहले बताए । अभिभावकले निगरानी नगर्दा उनीहरू कूलतमा फस्ने र अभिभावकले पछि मात्रै थाह पाउँदा धेरै समस्या हुने गरेको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।
लागूऔषध दुव्र्यसन मुद्दामा पक्राउ पर्नेको संख्या दिनहुँ बढ्दै जानुले युवाहरूको ठूलो जमात लागूऔषधमा फसेको देखिएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंह बताउँछन् । ‘जति पक्राउ पर्छन्, अधिकांश युवाहरू हुन्छन्,’ सिंहले भने, ‘ठूलो संख्यामा युवा जनशक्ति कुलतमा फस्नु देशकै लागि बेफाइदा हो ।’ चाहना पूरा नहुँदा मनमा उत्पन्न हुने निराशा, बेरोजगारी आदि युवाहरू लागूऔषधमा फस्नुको मुख्य कारण रहेको निष्कर्ष प्रहरीको छ । प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न सक्ने अवस्था नरहेको भन्दै यसको न्यूनीकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुको विकल्प नरहेको प्रहरी निरीक्षक सिंह बताउँछन् ।
लागूऔषध मुद्दामा अदालतबाट धरौटी र सजाय भुक्तान गरेर छुटेकाहरू फर्किएपछि पुनः कूलतमा लाग्ने गरेको पाइएकाले पुनःस्थापनाका कार्यक्रम आवश्यक रहेको प्रहरीको भनाई छ । प्रहरी निरीक्षक सिंह भन्छन्, ‘लत लागेकालाई पुनःस्थापना, कूलतमा फस्न नदिन सचेतनासँगै परिवारबाट पनि सतर्कता अपनाउन जरुरी देखिन्छ ।’ लागूऔषध नभई नहुने अवस्थामा पुगेकाहरूलाई कारबाहीले मात्र पुग्दैन ।
समयमै लागूऔषधको न्यूनीकरण गर्न नसके शुक्लाफाँटा ‘हटस्पट’ बन्न सक्ने यस क्षेत्रका जानकारहरू बताउँछन् । यद्यपि ईलाका प्रहरी कार्यालय झलारीले लागूऔषधको कारोबार तथा दुर्व्यसन रोक्न विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
मानसिक रोगीको उद्धार
झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ। नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे
विद्यालयमा भौतिक संरचना थप्दै वडा अध्यक्ष भट्ट
झलारी। शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ। वडा कार्यालयले विद्यालयका भौतिक संरचना निर्माणसँगै
डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान प्राप्त






प्रतिकृया दिनुहोस