राष्ट्रिय मावि पहरियामा शैक्षिक गुणस्तर सुधार गर्न छलफल
विव्यस अध्यक्ष भन्छन्- शिक्षकहरुले दायित्वबोध नगर्दा शैक्षिक गुणस्तर खस्कियो
कृष्णपुर नगरपालिका १ पहरिया स्थित राष्ट्रिय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा छलफल भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु विच शैक्षिक गुणस्तर सुधारका विषयमा शुक्रवार छलफल भएको हो ।
छलफलमा आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ । विद्यालयको शैक्षिक स्तर कसरी स्तरीय बनाउन सकिन्छ ? आजको संसारमा विद्यालयको जनशक्ति कसरी व्यवस्थापन हुन सक्छ ? समाज रुपान्तरणका लागि शैक्षिक संस्थाको दायित्व के हो ? लगायत विषयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुविच व्यापक छलफल भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल क्षेत्रीले बताए ।
शैक्षिक गुणस्तर सुधारका विषयमा बोल्दै विद्यालय व्यवस्थापन समति अध्यक्ष क्षेत्रीले शिक्षकहरुले दायित्वबोध नगर्दा विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताए । “शिक्षकहरुले दायित्वबोध गर्न सकेनन्,अध्यक्ष क्षेत्रीले भने,खाली शिक्षकहरु विद्यालयमा आएर समय मात्रै व्यतित गरिएको जस्तो देखियो” । पछिल्लो समय सामुदायिक विद्यालयहरुप्रति जनताको मोह भंग भएको उनको भनाई छ । “सामुदायिक विद्यालयहरुप्रति जनताको वितृष्णा छ,राज्यले सामुदायिक विद्यालयहरुमा करोडौँ लगानी गरेको छ,तर पनि किन सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदो अवस्थामा छ ? यो राष्ट्रिय माध्यमिक विद्यालय पहरियाको मात्र समस्या होइन,अध्यक्ष क्षेत्रीले भने,मुलुककै समस्या हो,यसबारे विस्तृतमा समिक्षा गर्नु आवश्यक छ” ।
सामुदायिक विद्यालयहरुमा राज्यले लगानी गरेजत्तिको प्रतिफल प्राप्त नहुनुमा मुख्यत: शिक्षककै कमजोरी देखिएको उनले औँल्याए । शिक्षक आफ्नो कामबाट पन्छिन नहुनेमा उनले जोड दिए । यद्यपी शैक्षिक गुणस्तर खस्किनुमा सरोकारवाल सवैको कमजोरी रहेको अध्यक्ष क्षेत्रीले बताए । सवैले आ-आफ्नो कमीकमजोरी औँल्याउँदै आगामी दिनहरुमा सुदृढ भएर जानुको विकल्प नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले बताए ।
यस्तै विद्यालयका प्रधानाध्यापक गणेश बहादुर चन्दले खस्किएकोे शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि सबै कटिबद्ध भएर लाग्नुपर्ने बताए । शैक्षिक गुणस्तर सुधारकै लागि आफ्नो संयोजकत्वमा १३ सदस्यीय कार्ययोजना समिति गठन गरिएको प्रधानाध्यापक चन्दले जानकारी दिए । विद्यालयका लेखापाल हुकुम बोहराले शैक्षिक गुणस्तर सुधार गर्नका लागि बैठक बसेको बताउँदै सबैले आ-आफ्ना कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिइएको जानकारी दिए । वि.सं.२०३० सालमा स्थापना भएको विद्यालयमा हाल ६ सय १३ जना विद्यार्थी अध्यापनरत छन् ।
मानसिक रोगीको उद्धार
झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ। नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे
विद्यालयमा भौतिक संरचना थप्दै वडा अध्यक्ष भट्ट
झलारी। शुक्लाफाँटा नगरपालिका वडा नं. १ को कार्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ। वडा कार्यालयले विद्यालयका भौतिक संरचना निर्माणसँगै
डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान प्राप्त






प्रतिकृया दिनुहोस