आईएमई लाइफ झलारी शाखाद्वारा वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत
कञ्चनपुर। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारी शाखा कार्यालयले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सोमबार शुक्लाफाँटा नगरपालिका-१०, झलारीस्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख पबेन्द्र हमालले बताए। रेडक्रस सोसाइटी महेन्द्रनगरको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
.jpg)
‘रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य हो, त्यसैले यो कार्यक्रम गरेका हौं,’ उनले भने, ‘आगामी दिनमा पनि समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनेछौँ।’ वार्षिक उत्सवको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सुमनप्रसाद तिमिल्सेनाले बताए।उनका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशभर भदौ १ गतेदेखि ६ गतेसम्म १५ वटा कार्यक्रम आयोजना गरिनेछ। सुदूरपश्चिम प्रदेशमा आईएमई लाइफ इन्स्योरेन्सका १९ वटा शाखा सञ्चालनमा रहेका छन्।

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी
भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी
बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक
धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा,
स्थानीय शासनमा लैङ्गिक रूपान्तरणबारे जनप्रतिनिधिलाई दुईदिने कार्यशाला
झलारी, कञ्चनपुर । स्थानीय शासन प्रक्रियालाई लैङ्गिक रूपमा थप समावेशी, उत्तरदायी र रूपान्तरणमुखी बनाउने उद्देश्यले साथी संस्थाको आयोजनामा




प्रतिकृया दिनुहोस