बझाङ जिप दुर्घटना : ३ को मृत्यु, १२ जना घाइते
बझाङ — बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
चालक देवबहादुर धामीले चलाएको उक्त जिप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्गाथली-६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली-६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ-७ की बिमला महत धामी रहेका छन् ।दुर्घटनामा घाइतेमध्ये ८ जना सख्त घाइते छन् । जसमा दुई शिक्षक र एक पूर्ववडा सदस्य समेत छन् ।
सख्त घाइतेहरुमा जिप चालक देवबहादुर धामी, झल्कादेवी महत, जयमतीदेवी महत, हासुलीदेवी महत, शिक्षक रामबहादुर महत, हर्कादेवी महत, शिक्षक देवबहादुर जाग्री र पूर्ववडा सदस्य रामबहादुर महत रहेका छन् । सामान्य घाइते हुनेमा धनेशेर जाग्री, नवराज धामी, रमेश धामी र बिरु जाग्री रहेका छन् । प्रारम्भिक जानकारी अनुसार जिपमा चालकसहित १६ जना सवार रहेका थिए ।
दुर्घटनापछि स्थानीयवासीको सहयोगमा उद्धार कार्य संचालन गरिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको केदारस्युँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलले बताए । प्रहरी टोली पनि घटनास्थल पुगेर उद्धार तथा घटनाबारे अनुसन्धानमा जुटेको छ । घाइतेहरुलाई थप उपचारका लागि सुविधायुक्त अस्पतालमा पुर्याउन हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको डीएसपी टेकबहादुर जोराले जानकारी दिएका छन् ।
पाँच करोडको तटबन्ध सामान्य वर्षामै क्षतिग्रस्त
कञ्चनपुर – महाकाली र जोगबुडा नदी किनारमा तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका १० कुतियाकभरका बासिन्दाले विगत भन्दा केही राहत हुने आश गरेका
गेटा अस्पताललाई शिक्षण अस्पतालमा सञ्चालन गर्न स्वीकृति
काठमाडौँ — सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई
मनसुन जन्य विपद्बाट जोगिन युवा सञ्जाललाई अभिमुखीकरण
भुवन भट्ट÷महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मनसुन जन्य विपद्बाट जोगिन उत्थानशील युवा सञ्जाललाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । मनसुनको






प्रतिकृया दिनुहोस