गेटा अस्पताललाई शिक्षण अस्पतालमा सञ्चालन गर्न स्वीकृति
काठमाडौँ — सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
६ सय शय्याको अस्पतालसहित चिकित्सा शिक्षा अध्यापन गर्ने उद्देश्यले करिब ७ अर्ब खर्चिएर कैलालीको गेटामा अस्पताल निर्माण गरिएको हो । लामो समय मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये के बनाउने भन्ने अन्योलका बीच सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै ऐन बनाएको हो ।
विश्वविद्यालयले फागुन महिनामै शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न प्रक्रिया सुरु गरिसकेको थियो । जसअन्तर्गत फिजियोलोजी, प्याथोलोजी, ईएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजीलगायत विषयका जनशक्ति पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको थियो ।
पाँच करोडको तटबन्ध सामान्य वर्षामै क्षतिग्रस्त
कञ्चनपुर – महाकाली र जोगबुडा नदी किनारमा तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका १० कुतियाकभरका बासिन्दाले विगत भन्दा केही राहत हुने आश गरेका
बझाङ जिप दुर्घटना : ३ को मृत्यु, १२ जना घाइते
बझाङ — बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७
मनसुन जन्य विपद्बाट जोगिन युवा सञ्जाललाई अभिमुखीकरण
भुवन भट्ट÷महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मनसुन जन्य विपद्बाट जोगिन उत्थानशील युवा सञ्जाललाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । मनसुनको






प्रतिकृया दिनुहोस