मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकमा ८ निर्णय सार्वजनिक गरेका हुन्। बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।
गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने,विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने,शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेकाे मन्त्री पाेखरेलले बताए।
कारागार नियमावली,२०८३,मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८),भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाे मन्त्री पाेखरेलले बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेकाे छ।
रास्वपाद्वारा शुक्लाफाँटामा जनसंवाद यात्राको शुभारम्भ
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले जनसंवाद यात्राको शुभारम्भ गरेको छ । शनिवार वडा नम्बर १ रामजानकी
सरकारको सय दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार
काठमाडौं , सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको
रास्वपा केन्द्रिय सदस्यमा सुदूरपश्चिम भूगोलबाट ५ जना निर्वाचित
धनगढी – रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट ५ जना निर्वाचित भएका छन । बिहिबार साँभ सम्पन्न मत परिणाम अनुसार सबैभन्दा बढी






प्रतिकृया दिनुहोस