रास्वपा केन्द्रिय सदस्यमा सुदूरपश्चिम भूगोलबाट ५ जना निर्वाचित
धनगढी – रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट ५ जना निर्वाचित भएका छन । बिहिबार साँभ सम्पन्न मत परिणाम अनुसार सबैभन्दा बढी मत बाजुराका हेमराज थापाले पाएका हुन् । उनले २०३० मत पाएका छन् । यस्तै सांसद केपी खनालले १८४६ मत पाएका छन् । उनी प्रदेशबाट सर्वाधिक मत पाउनेमा दोस्रोमा छन् । तेस्रोमा दीपक बोहरा छन् । उनले १४५० मत पाएका छन् । जानिका जोशीले ११४८ र चन्द्रा ऐरले ११२६ मत पाएकी छिन् ।
अन्य उम्मेदवारमध्ये रत्नकुमारी थापाले ९६१, शैलेशकुमार सिंहले ७६३, शिवराज पन्तले ६३७, वीरबहादुर बिष्टले ५५०, हरिमोहन भण्डारीले ५४१, नामराज न्यौपानेले ५२३, ज्ञानेन्द्रसिंह महताले ५१८, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेयले ४७१, पदमराज शर्माले ४४५, सागर तामाताले ४४२, मदनसिंह बिष्टले ४३९ तथा कृष्णबहादुर बटालाले ४१९ मत प्राप्त गरेका छन्।
महाधिवेशनमार्फत चयन भएका यी पाँच प्रतिनिधिले अब रास्वपाको केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै पार्टीको नीति, संगठन विस्तार र निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
१) हेमराज थापा २०३०
२) केपी खनाल १८४६
३) दिपकराज बाेहरा १४५०
४) जानुका जाेशी ११४८
५) चन्द्रा ऐर चाँदनी ११२६
६) रत्ना थापा ९६१
६) शैलेश कुमार सिंह ७६३
७) शिवराज पन्त ६३७
८) ज्ञानेन्द्र महता ५१८
९) हरिमाेहन भण्डारी ५४१
१०) वीर बहादुर विष्ट ५५०
११)उमेश पाण्डे ४७१
१२) मदन बिष्ट ४३९
१३) पदम शर्मा ४४५
१४) सागर टमाटा ४४२
१५) भीम बाेहरा ४८६
१६) कृष्ण बटाला ४१९
१७) मिनबहादुर बाेहरा ४८६
रास्वपाद्वारा शुक्लाफाँटामा जनसंवाद यात्राको शुभारम्भ
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले जनसंवाद यात्राको शुभारम्भ गरेको छ । शनिवार वडा नम्बर १ रामजानकी
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे
सरकारको सय दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार
काठमाडौं , सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको






प्रतिकृया दिनुहोस