सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम
धनगढी । डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको छ। कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कांस्यसहित कुल ५८ पदक जित्दै उपाधि आफ्नो नाममा गरेको हो। प्रतियोगितामा कञ्चनपुर १७ स्वर्ण, १३ रजत र १३ कांस्यसहित ४३ पदकका साथ दोस्रो स्थानमा रह्यो भने आयोजक जिल्ला डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कांस्यसहित ३० पदक जित्दै तेस्रो स्थान हासिल गर्यो।
यस्तै बैतडी २६ पदकसहित चौथो, दार्चुला १२ पदकसहित पाँचौँ, बझाङ ९ पदकसहित छैटौँ, बाजुरा २६ पदकसहित सातौँ, डोटी १६ पदकसहित आठौँ तथा अछाम १२ पदकसहित नवौँ स्थानमा रहे। डडेल्धुरामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका करिब ९०० खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु तथा एथलेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा गरिएको थियो।१६औँ संस्करणको प्रतियोगितामा कुल ६६ स्वर्ण, ६६ रजत र १०० कांस्य गरी २३२ पदक वितरण गरिएको आयोजकले जनाएको छ। कैलालीले सर्वाधिक स्वर्ण पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भएको हो।
झलारीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, प्रदेशस्तरमा बम र निर्वाचन क्षेत्रको उपाधी सिंहको जोडीलाई
महेन्द्रनगर, २५ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोझलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताकोउपाधी
सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी नगदसहित सम्मानित
धनगढी।सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा
फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बन्ने
धनगढी । कैलालीको धनगढीमा रहेको फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार





प्रतिकृया दिनुहोस