बेलौरीमा विद्यालय स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु, मेयर चौधरीद्धारा उद्घाटन
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालय स्तरीय मेयर कप टि-ट्वाइन्टी क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुदस स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित बेलौरी नगर खेलकुद समितिको आयोजनामा शनिवारदेखि विद्यालय स्तरीय मेयर कप टि-ट्वाइन्टी क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन नगर प्रमुख पोतीलाल चौधरीले गरेका छन् ।
नगर प्रमुख पोतिलाल चौधरीले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्नुपर्नेमा जोड दिँदै खेलकुद प्रतिभा पहिचान र प्रोत्साहनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।
उद्घाटन समारोहमा बोल्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले विद्यार्थी तहदेखि नै खेलकुदको विकासले स्वस्थ नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेका अनुसार प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको उनले बताए । प्रतियोगिताको पहिलो दिन सरस्वती माध्यमिक विद्यालय बुटावारी र जनज्योति माध्यमिक विद्यालय कलकत्ताबीच भएको खेलमा जनज्योति माविले सरस्वती माविलाई ९ विकेटले पराजित गरेको छ ।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका जनज्योति माविका मुकेश विक म्यान अफ द म्याच घोषित भए । यसैबीच, जिल्ला स्तरीय खेलकुदका लागि नगरपालिका भित्रका क्रिकेट खेलाडीहरूबाट छनौट गर्नुपर्ने भएकोले यही माघ १२ गते खुला मञ्चमा उपस्थित भइदिन हुन खेलाडीहरूलाई अध्यक्ष न्यौपानेले अनुरोध गरे । कार्यक्रमको सहजीकरण नगर खेलकुद समितिका सदस्य तेज बहादुर चन्दले गरेका छन् । कार्यक्रमको सभापति नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, प्रमुख अतिथि बेलौरी नगरपलिका नगर प्रमुख पोतिलाल चौधरी, बिशिष्ट अतिथी बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीको सहभागिता रहेको थियो।
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ — सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध
शुक्लाफाँटामा सम्पूर्ण कर प्रणाली डिजिटल, घरबाटै तिर्न सकिने व्यवस्था
झलारी । शुक्लाफाँटा नगरपालिकाले कर प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसहित नयाँ सेवा सञ्चालनमा ल्याएको छ। अब नगरवासी करदाताले घरमै बसेर Local
आगामी ३ दिन काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम, १८ वटा जिल्लामा ‘एल्लो वारेन्ट’
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज असार ४, बुधबार पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी






प्रतिकृया दिनुहोस