• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

शुक्लाफाँटामा सम्पूर्ण कर प्रणाली डिजिटल, घरबाटै तिर्न सकिने व्यवस्था

झलारी । शुक्लाफाँटा नगरपालिकाले कर प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसहित नयाँ सेवा सञ्चालनमा ल्याएको छ। अब नगरवासी करदाताले घरमै बसेर Local Level Revenue App, QR कोड, वा https://sutrarevenue.fcgo.gov.np  वेबसाइटमार्फत सम्पत्ति कर, मालपोत भूमिकर, बहाल कर र व्यवसाय करजस्ता विवरण सहजै बुझाउन र तिर्न सक्नेछन्।

 

यस सेवा मार्फत करदाताले अब नगर कार्यालयमा लाइन बस्नु पर्ने झन्झटबाट मुक्ति पाउने छन्। मोबाइल फोन वा कम्प्युटरमार्फत कर विवरण अद्यावधिक गर्नुका साथै सोझै भुक्तानी गर्न सकिने सुविधा प्रदान गरिएको छ। यो सेवा मार्फत करदाताले अब कार्यालयमा लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुनेछन्। मोबाइल फोन वा कम्प्युटर प्रयोग गरेर कर विवरणहरू अद्यावधिक गर्नुका साथै सोझै तिर्न सक्ने व्यवस्था गरिएको छ। यस सुविधामा लगत्तै नरहेका सेवाग्राहीहरूका लागि पनि आफ्नै युजर आईडी तयार गरी सहज पहुँच सुनिश्चित गरिएको छ।

 

नगरपालिकाले सेवा प्रयोग गरेबापत कुनै अतिरिक्त शुल्क नलाग्ने स्पष्ट पारेको छ, जसले गर्दा यो सेवा सबैका लागि पहुँचयोग्य तथा किफायती बन्न पुगेको छ। स्थानीय शासनलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउन यो सेवा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। उक्त एप Google Play Store बाट डाउनलोड गर्न सकिनेछ। डिजिटल माध्यमको प्रयोगमार्फत कर प्रणालीलाई सहज, सरल र नागरिकमैत्री बनाउने नगरपालिकाको प्रयास सराहनीय छ।

प्रतिकृया दिनुहोस

बेलौरीमा विद्यालय स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु, मेयर चौधरीद्धारा उद्घाटन

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालय स्तरीय मेयर कप टि-ट्वाइन्टी क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुदस

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ — सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध

आगामी ३ दिन काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम, १८ वटा जिल्लामा ‘एल्लो वारेन्ट’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज असार ४, बुधबार पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी

↑