• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा गोली चल्यो

दक्षिण कोरियाले साताको सुरुमा उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको पुष्टि गरेको छ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले दक्षिण कोरियाली सैनिकले जानीबुझी गोली चलाएर उक्साउन खोजेको आरोप लगाएको छ।

 

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यूङ जापान र अमेरिका भ्रमणका लागि प्रस्थान गरेको बेला सीमा क्षेत्रमा गोली चल्नुले तनाव बढाएको छ।

 

उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको दक्षिण कोरियाले पुष्टि गरेको छ ।

 

यसै साताको सुरुमा उत्तर कोरियाली सैनिकमाथि चेतावनी स्वरुप गोली चलाउनु परेको दक्षिण कोरियाको दाबी छ ।


उत्तर कोरियाली सैनिकले दुई देशबीचको प्रतिबन्धित सीमा रेखा नाघ्न खोजेपछि चेतावनीका लागि दक्षिण कोरियाली सैनिकले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ ।

 

तर, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले भने दक्षिण कोरियाली सैनिकले जानीबुझी गोली चलाएर उक्साउन खोजेको आरोप लगाएको छ । सीमा क्षेत्रमा गोली चलाएर दक्षिण कोरियाले तनाव बढाउन खोजेको उत्तर कोरियाली सञ्चारमाध्यमको जिकिर छ ।

 

दक्षिण कोरियाका नव निर्वाचित राष्ट्रपति ली जे म्यूङ शनिबार जापान र अमेरिका भ्रमणका लागि सिओलबाट प्रस्थान गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपतिको विदेश भ्रमणको पूर्वसन्ध्यामा दुई देशको सीमामा गोली चल्नुले तनावको संकेत गर्ने समाचारमा उल्लेख छ ।

 

पछिल्ला सप्ताहमा उत्तर कोरियाले सीमा क्षेत्रमा आक्रामक प्रवृत्ति देखाउन विश्लेषण भइरहेको छ ।

 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो–जोंगले हालै दक्षिण कोरियाले गरेको सम्झौताको प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।

 

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमा स्थायी रुपमै बन्द गर्न प्रयास गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

भुवन भट्ट/महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ‘सम्पदा, नवप्रवद्र्धन र रूपान्तरण’

कम्बोडियाली नेतासँगको फोन वार्ता लिक भएपछि थाई अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गर्‍यो

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको छ ।   अदालतले प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाउँदै

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्। उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन। बीबीसी हिन्दीले

↑