• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्। उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन।


बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ। उनीमाथि लागेको आरोप उनको राष्ट्रपति कार्यकालमै गरिएको विदेश यात्रासँग सम्बन्धित छ। आरोपअनुसार, सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाबाट फर्कँदा उनी आफ्नी पत्नीसमेतसँग निजी कामका लागि लण्डनमा रोकिएका थिए।

 

त्यसक्रममा उनको खर्च सरकारी कोषबाट व्यहोरेको आरोप लगाइएको छ। उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेश गरिनेछ।

 

त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग सीआईडी मा बयान दिइसकेका छन्। रनिल विक्रमसिंघेले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै लण्डनमा उनले विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन्।

 

विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए। उनी आर्थिक संकटका कारण देशभर विरोध प्रदर्शन चर्किएको बेला राष्ट्रपति बनेका थिए।

 

त्यतिबेला उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडेर विदेशतिर गएका थिए।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

भुवन भट्ट/महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ‘सम्पदा, नवप्रवद्र्धन र रूपान्तरण’

कम्बोडियाली नेतासँगको फोन वार्ता लिक भएपछि थाई अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गर्‍यो

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको छ ।   अदालतले प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाउँदै

उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा गोली चल्यो

दक्षिण कोरियाले साताको सुरुमा उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको पुष्टि गरेको छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले दक्षिण

↑