झलारीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, प्रदेशस्तरमा बम र निर्वाचन क्षेत्रको उपाधी सिंहको जोडीलाई
महेन्द्रनगर, २५ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोझलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताकोउपाधी धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ । फाइनल खेलमाझलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दैराजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधी जितेको हो । बम र जैसीको जोडीले ऐरर जोशीको जोडीलाई २१–१७ र दोस्रो सेटमा २१–१५ ले पराजित गरेको छ । उपाधी बिजेताजोडी रु ४० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएको छ । भने उपबिजेता टिमले रु २०हजार नगदसहित पुरस्कृत भएको छ ।
दशै र शुभ दिवापलीकोअवसर पारेर शुक्लाफाँटा व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुरनिर्वाचन क्षेत्र नं. २ स्तरीय प्रतियोगिताको उपाधी राष्ट्रिय समाचार समिति कञ्चनपुरकाप्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ । प्रतियोगितामा सिंह र डम्बर कुवँरकोजोडीले तेज बहादुर साउँद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ। सिंह र कुवँरकोजोडीले २१–१४ र २१–१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजितगरेको शुक्लाफाँटा व्याडमिन्टन संघका अध्यक्ष पुष्पराज भट्टले बताउनुभयो । निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको उपाधी जित्दै सिंह र कुवँर रु ३० हजार नगद, ट्रफि र मेडलबाटपुरस्कृत भएका छन् । भने उपबिजेता साउँद र जोशीको जोडी रु १५ हजार नगदसहितपुरस्कृत भएको छ । प्रतियोगितामाउपाधी बिजेता, उपबिजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रण बहादुरमहराले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा प्रदेश खुल्ला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयमा ३२ टिम सहभागी थिए ।
सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी नगदसहित सम्मानित
धनगढी।सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम
धनगढी । डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको छ। कैलालीले ३२ स्वर्ण, १७
फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बन्ने
धनगढी । कैलालीको धनगढीमा रहेको फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार






प्रतिकृया दिनुहोस