स्थानीय शासनमा लैङ्गिक रूपान्तरणबारे जनप्रतिनिधिलाई दुईदिने कार्यशाला
झलारी, कञ्चनपुर । स्थानीय शासन प्रक्रियालाई लैङ्गिक रूपमा थप समावेशी, उत्तरदायी र रूपान्तरणमुखी बनाउने उद्देश्यले साथी संस्थाको आयोजनामा स्थानीय तहका जननिर्वाचित वडा सदस्यहरूका लागि दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यशालामा शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका महिला सदस्य, दलित महिला सदस्य तथा अन्य वडा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय शासन प्रक्रियामा लैङ्गिक रूपान्तरणको अवधारणा, स्थानीय तहमा यसको वर्तमान अवस्था, जनप्रतिनिधिको भूमिका तथा उनीहरूले आफ्नो कार्यक्षेत्रमा अवलम्बन गर्न सक्ने व्यावहारिक उपायका विषयमा विस्तृत छलफल गरिएको थियो।
शुक्लाफाँटाको झलारीमा मङ्गलबार र बुधबार भएको कार्यक्रममा साथी संस्थाकी संस्थापक अध्यक्ष तथा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसंघीय समिति (सिड–CEDAW)की नेपाल प्रतिनिधि बन्दना राणाले लैङ्गिक समानता र स्थानीय शासनमा रूपान्तरणकारी नेतृत्वका विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी, विषय विज्ञ देवीलाल उपाध्यायले स्थानीय शासन प्रणालीमा लैङ्गिक दृष्टिकोणलाई प्रभावकारी रूपमा समावेश गर्ने उपायहरूबारे सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा साथी संस्थाकी प्रबन्धक पलिता थापा, सुदूरपश्चिम संयोजक पार्वती भण्डारी, वरिष्ठ मनोपरामर्शदाता लेखनाथ पौडेल तथा शुक्लाफाँटा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले पनि आ–आफ्ना विषयगत प्रस्तुति राख्दै सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।त्यसैगरी, साथी संस्थाले सञ्चालन गरिरहेको गोल परियोजनाअन्तर्गत कृष्णपुर नगरपालिका–२ र शुक्लाफाँटा नगरपालिका–११ मा कार्यरत सामाजिक परिचालक कमलराज जोशी र मिना रावलको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
साथी संस्थाले गोल परियोजनामार्फत स्थानीय तहमा लैङ्गिक हिंसा रोकथाम, महिला सशक्तीकरण तथा स्थानीय शासन प्रक्रियामा लैङ्गिक रूपान्तरणलाई संस्थागत गर्ने उद्देश्यका साथ विभिन्न सचेतनामूलक तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी
भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी
बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक
धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा,
आईएमई लाइफ झलारी शाखाद्वारा वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत
कञ्चनपुर। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारी शाखा कार्यालयले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सोमबार



प्रतिकृया दिनुहोस