• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

युवाको उदाहरणीय अभियान:छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

कञ्चनपुर । छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ । युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिए । ‘रिफ्लेक्टिङ बेल्ट’ले राति सवारी चालकलाई टाढैबाट छाडा पशु चौपाया देख्न सजिलो हुने भएकाले सडक दुर्घटना कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सोही क्रममा सोमबार मात्रै त्यस क्षेत्रमा १५० भन्दा बढी पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गरिएको छ ।

 

“रातिको समयमा छाडा पशुचौपायाको राजमार्गमा हुने आवतजावत नदेखेर सवारी दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान थालेका हौँ,” स्थानीय युवा भट्टले भने, “स्वतःस्फूर्त रूपमा २०/२२ जना युवा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गर्ने अभियानमा जुटेका छौँ ।”समाजसेवी भट्टले भन्नुभयो, “गौमाताको सुरक्षा र सडक दुर्घटना न्यूनीकरणमा आफ्नो क्षेत्रबाट योगदान दिन सबैलाई आग्रह गर्दछु ।”

 

 

 

 

स्थानीय युवाको उक्त कार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक कार्यालयले समेत साथ दिएको छ । उनले भने, “यहाँ छाडा पशु चौपाया प्रमुख समस्या भए पनि स्थानीय सरकारले यसको व्यवस्थापन गर्न सकेका छैनन् ।” कञ्चनपुर जिल्लामा मात्रै हजारभन्दा बढी छाडा पशु चौपाया रहेको आकलन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले भने पछिल्लो समय छाडा पशु चौपाया व्यवस्थापनमा जुटेको छ । अन्य पालिकाले पनि छाडा पशु व्यवस्थापनमा पहल गरे पनि सार्थकता पाउन सकेको देखिन्न ।

प्रतिकृया दिनुहोस

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी

भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी

बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक

धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा,

आईएमई लाइफ झलारी शाखाद्वारा वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत

कञ्चनपुर। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारी शाखा कार्यालयले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सोमबार

↑