कृष्णपुरमा जुवातास खेलिरहेको घरमा प्रहरीको छापा, १६ जना नियन्त्रणमा
महेन्द्रनगर । कञ्चनपुरमा जुवातास खेलि रहेका १६ जना नगद सहित पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–२ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउँदको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जुवातास भईरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट वाणी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद भारतीय रुपैयाँ २७ हजार ५ सय, नेपाली रुपैयाँ ३२ हजार ७८० र मोवाईल थान ११ सहित पक्राउ गरेको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, कञ्चनपुरमा प्रशासनदेखि स्थानीय तहसम्म पूर्वतयारी
भुवन भट्ट/महेन्द्रनगर, आकस्मिक बाढीको जोखिमबाट जोगिन कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढी
बाढी-पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका लामो दूरीका बस सञ्चालनमा रोक
धनगढी : सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । भारी वर्षा,
आईएमई लाइफ झलारी शाखाद्वारा वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, २८ जनाले दिए रगत
कञ्चनपुर। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारी शाखा कार्यालयले आफ्नो ९ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सोमबार



प्रतिकृया दिनुहोस