• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

रास्वपाद्वारा शुक्लाफाँटामा जनसंवाद यात्राको शुभारम्भ

 महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले जनसंवाद यात्राको शुभारम्भ गरेको छ । शनिवार वडा नम्बर १ रामजानकी मन्दिरदेखि जनसंवाद यात्राको शुभारम्भ गरिएको रास्वपा शुक्लाफाँटा नगर समितिका सभापति हरिश धामीले बताए । शनिवार कञ्चनपुर निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपकराज बोहराले यस अभियानको शुभारम्भ गर्नुभएको उनले बताए ।जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन यो यात्रा सञ्चालन गरिएको उनले बताए । यात्रामार्फत स्थानीय समस्या र समाधानका विषयमा छलफल भइरहेको नगरसभापति धामीले बताए ।

 

अभियानमा प्रतिनिधि सभा सदस्य धामी सहित जनसंवाद शुभारम्भ कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, सुदूरपश्चिम प्रदेशका प्रवक्ता तेज ठकुल्ला, जिल्ला सचिव राकेश चन्द, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गणेश खड्कालगायत नेता सहभागी थिए । अभियान वडा नम्बर १ हुदै १२ लगायतका क्षेत्रमा सञ्चालन भइरहेको छ । अभियान मार्फत नगरपालिकाका १२ वटै वडामा पुगेर स्थानीयवासीका समस्या तथा त्यसको समाधानको प्रयास गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक

काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे

सरकारको सय दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार

काठमाडौं , सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको

रास्वपा केन्द्रिय सदस्यमा सुदूरपश्चिम भूगोलबाट ५ जना निर्वाचित

धनगढी – रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट ५ जना निर्वाचित भएका छन । बिहिबार साँभ सम्पन्न मत परिणाम अनुसार सबैभन्दा बढी

↑