• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी नगदसहित सम्मानित

धनगढी।सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा सहभागिता जनाएर देशको सान बढाउने खेलाडीहरूलाई उनीहरूको योगदानको कदर गर्दै नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो। सामाजिक विकास मन्त्री बेलबहादुर रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा खेलाडीहरूलाई जनही ७० हजार रुपैयाँ नगद, सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

 

 

 

सम्मानित हुनेहरूमा ओलम्पिकमा सहभागी बक्सिङ खेलाडी विष्णुबहादुर सिंह र डम्बरदत्त भट्ट  रहेका छन्। त्यसैगरी, चार पटक दक्षिण एसियाली स्वर्ण पदक विजेता तथा ओलम्पियन कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र यसैगरि तेक्वानदो खेलाडी  निशा रावललाई पनि सम्मान गरिएको छ। यस्तै सम्मानित हुने खेलाडीहरूमा पौडीकी गौरीका सिंह, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सकी सरस्वती भट्टराई, तेक्वान्दोका भरतसिंह महरा र पारा एथलेटिक्सका विक्रमबहादुर राना रहेका छन्। परिषद्ले भारोत्तोलनका खेलाडी स्वर्गीय भरत बहादुरलाई मरणोपरान्त सम्मान गरेको छ।

 

सम्मानित भएपछि खेलाडी दीपक विष्टले कार्यक्रममा बोल्दै सुदूरपश्चिम खेलकुदमा सधैँ अगाडि रहेको र नेपाली खेलकुद क्षेत्रलाई सुदूरपश्चिमले दबाब दिइरहेको बताए।‘हामीसँग स्रोत साधनको अभाव भए पनि साहसको कमी छैन। यस्ता सम्मानले हामीलाई अझै केही गर्ने आँट दिन्छ। खेलकुदमा बजेटको अभाव छ, तर मन्त्रीज्यू र प्रदेश सरकारले खेलाडीहरूलाई निराश पार्नुहुने छैन भन्ने आशा छ,’उनले भने।मन्त्री बेलबहादुर रानामगरले खेलाडीहरू देशका गहना भएको चर्चा गर्दै प्रदेश सरकार खेलकुदको विकास र खेलाडीको वृत्ति विकासमा प्रतिबद्ध रहेको बताए। उनले सीमित स्रोत साधनका बाबजुद पनि प्रदेशले खेल क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।

प्रतिकृया दिनुहोस

झलारीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, प्रदेशस्तरमा बम र निर्वाचन क्षेत्रको उपाधी सिंहको जोडीलाई

महेन्द्रनगर, २५ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोझलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताकोउपाधी

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम

धनगढी । डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको छ। कैलालीले ३२ स्वर्ण, १७

फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बन्ने

धनगढी । कैलालीको धनगढीमा रहेको फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार

↑