रास्वपा सुदूरपश्चिम प्रदेश समिति: प्रकाश विष्ट पुनः सभापतिमा निर्वाचित, पदाधिकारी सर्वसम्मत चयन
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत सभापतिको निर्वाचन सम्पन्न भएपछि अन्य पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका हुन् । सभापति पदका लागि भएको मतदानमा इन्जिनियर प्रकाश विष्ट ३ सय ५८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्रदेश सभापतिको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
सभापतिको निर्वाचन परिणाम सार्वजनिक भएसँगै अन्य पदाधिकारीहरू सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोश जोशी, सहमहामन्त्रीमा जसु भट्ट र पारस बाहुन चयन भएका छन् । यस्तै, प्रवक्ताको जिम्मेवारी तेज ठकुल्लाले पाएका छन् भने कोषाध्यक्षमा गणेश बोहरा सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरूले संगठनलाई थप सुदृढ बनाउँदै पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रदेशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रास्वपाद्वारा शुक्लाफाँटामा जनसंवाद यात्राको शुभारम्भ
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले जनसंवाद यात्राको शुभारम्भ गरेको छ । शनिवार वडा नम्बर १ रामजानकी
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे
सरकारको सय दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार
काठमाडौं , सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको






प्रतिकृया दिनुहोस