• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026

१६ औँ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि भीमदत्तलाई

महेन्द्रनगर।  कञ्चनपुर जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि २३ स्वर्णसहित भीमदत्त नगरपालिकाले जितेको छ। आज कञ्चनपुरको बेदकोट नगरपालिकास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा भीमदत्त नगरपालिकाले २३ स्वर्ण, १२ रजत र १० काष्यसहित उपाधि जितेको हो। आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँको कृष्णपुर नगरपालिकाले १५ स्वर्ण, छ रजत र ११ काष्यसहित दोस्रो स्थान बनाएको जनाउँदै बेदकोट नगरपालिकाले १० स्वर्ण १३ रजत र ११ काष्यसहित तेस्रो भएको उल्लेख गरे।

शुक्लाफाँटा नगरपालिकाले ७, पुर्नर्वास नगरपालिकाले ७, दोधारा–चादँनी नगरपालिकाले २ र बेलौरी नगरपालिकाले १ स्वर्ण जितेका छन् भने त्यस्तै, लालझाडी र बेल्डाँडी गाउँपालिका स्वर्णविहीन बनेका छन्। ३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिबल खेलमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको १७औँ संस्करण आगामी वर्ष दोधारा–चादँनी नगरपालिकामा हुने भएको छ ।

प्रतिकृया दिनुहोस

झलारीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, प्रदेशस्तरमा बम र निर्वाचन क्षेत्रको उपाधी सिंहको जोडीलाई

महेन्द्रनगर, २५ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोझलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताकोउपाधी

सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी नगदसहित सम्मानित

धनगढी।सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम

धनगढी । डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला प्रथम भएको छ। कैलालीले ३२ स्वर्ण, १७

↑